अव्यक्त प्रेम
हिजो मात्रै एउटा प्रेम पत्र कोरे तिम्रो नाममा जहाँ मैले मेरा भावनाहरु शब्द बाटै ब्याख्या गरेकी थिए, तिमीलाई कति प्रेम गर्छु यी सबै कुराहरूको शब्दरुपी गुच्छका माला बनाएर त्यो पत्रलाई रंगाएकी थिए! सोचे तिमीलाई भेट्न साथ तिम्रो हातमा त्यो पत्र थमाइदिने छु,म कति प्रेम गर्छु तिमीलाई भनी त्यही पत्रबाट तिमीले थाहा पाउनेछौं महसुस गर्नेछौं! पत्र लेखी सकेपछि मनमा अनेकौं भावनाहरु आए,तिम्रो हुने,तिमीसँगै तिम्रो अंगालोमा बाधिएर धित मर्ने गरि तिमीलाई प्रेम गर्ने,तिम्रो स्पर्श महसुस गर्ने,तिमीसँगै जिन्दगीको उकाली ओराली गर्ने,तिम्रो हृदयमा हरदम धड्किरहने! यी सब कुराहरू सोच्दा मात्रै मनमा कताकता काउकुती लागि रहेको थियो! अनि म अचानक कल्पनाको दुनियाँबाट बाहिर निस्किए! तिमीलाई भेट्ने ब्याकुलता तिव्र थियो तिमीसँग आफ्ना मनका कुराहरू खोल्ने आफ्नो जिन्दगीको सुनौलो यात्राको एक नयाँ अध्याय सुरु गर्ने मेरो सपना थियो! तिनै कल्पना मै जसोतसो रात बितेर गयो! बिहान हतार हतार तिमीलाई भेट्ने र त्यो प्रेम पत्र तिम्रो हातमा थमाइदिने होडबाजी गर्दै थिए म आफ्नै मन सँग! तर अफसोस तिमी मौन बसिदियौं, तिमी यसरी मौन बसिदियौं कि तिम्रो मौनताले म आफैलाई कति बेला मुर्ति बनाएछ पत्तै भएन! बिना कुनै गल्ती बिना कुनै अपराध! तिम्रो मौनताले मलाई यसरी बिझायो कि तिम्रै नाममा धड्किने यो मन पनि एकाएक पत्थर भइदियो,न कुनै चिजको महसुस गर्न सक्यो न त कसैले दिएको दस्तख लाई नै सुन्न सक्यो !! यति धेरै प्रेम गर्नुको यो कस्तो उपहार थियो भनिदेउ न प्रीय? तिमी आफै भनी देउन यति धेरै तिमीलाई चाहनुको यो कस्तो प्रतिफल थियो? यी आँखाहरुले अझैसम्म तिम्रै जवाफको प्रतीक्षा गरिरहेका छन,तिम्रो मौनता तोडिने समयको इन्तजार गरिरहेका छन यो जान्दाजान्दै कि अब तिम्रो आवाज कहिल्यै गुञ्जिने छैन भन्ने! तिम्रो यो अप्रत्याशित व्यबहारले मलाई यसरी छिन्नबिन्न बनायो कि न म आफुलाई सम्हाल्न सकेकी छु न त तिम्रो यो रुपलाई सहर्षै स्विकार गर्न नै! प्रीय अन्तिम पटक तिमीलाई भेटेर सोध्न मन छ "अब त खुसी छौ होला नि मलाई पत्थर बनाएर? अब त सूखी छौ होला नि सजिवमा गनिने म र मेरो अस्तित्वलाई निर्जीव बनाएर?" तिमीलाई धन्यवाद पनि कति कुराको लागि दिउ प्रीय मेरो प्रेमको फुल निमोठेकोमा दिउ कि बिनाकारण मेरो हृदयलाई छियाछिया बनाएकोमा दिउ? धन्यवाद सायद अपाच्या हुन्छ होला तिम्रो लागि! बस् शुभकामना लिएर जाउ कि तिम्रो जिन्दगी सधै रंगिन बनोस् तिम्रो सपना सधै सफल भैदियोस् अनि मेरो प्रेमको कमि तिमीलाई कहिल्यै महसुस नहोस् !! #शोभा पौडेल, कपिलवस्तु !!
मिठो रचना !😊
ReplyDeleteधन्यवाद 🙂
Delete