महिना असारको
असारको महिना,बर्षातको महिना! बाहिर सिमसिम पानी परिरहेको छ! भ्यागुताको ट्यार ट्याए आवाज सहितको झमझम पानी नदर्किएसम्म झरी परे जस्तो नै नलाग्ने! झरी,बन्द कोठा र साथमा एक कप मीठो चिया! आहा! कति आनन्दको मौसम,आनन्दको दिन पनि! जबजब बर्षात सुरु हुन्छ तब तब मनमा अनेकन कुराहरु सलबलाउन थाल्छन्! निकै घनिष्ठ सम्बन्ध छ क्यारे यो झरीसँग मेरो,त्यसैले झरी पर्दा कोठाको झ्याल नजिकै बसेर चियाको चुस्की लिदै निकै बेर टोलाउन मन लाग्छ,र बिगतका पलहरु सम्झन मन लाग्छ,जुन अब कहिल्यै फर्किएर आउने छैनन्! सायद यो झरिले मलाई मात्रै होइन, म जस्ता हजारौं मानिसहरुलाई त्यो बिगत फर्किएर हेर्न अनि सोच्न बाध्य बनाउछ होला! कति रमाइलो थियो है बिगत,अझै भनु त्यो बालापन! न कुनै लाज न त कुनै सर्म नै! जब त्यो निलो आकाशमा कहिले पुर्वतिर त कहिले पश्चिमतिरबाट कालो बादलहरु मडारिएर आउथे तब खुसिको कुनै सिमा नै हुदैनथ्यो! अहो! आज त पानी पर्ने भयो! पानीमा भिज्नुको पनि आफ्नै छुट्टै मज्जा थियो! बर्षात सुरु हुनभन्दा पहिले नै गाउभरीका आफ्ना साथीसंगिहरु बटुलेर एक ठाउँमा भेला भैसक्थेउ हामी !! अहिले जस्तो ठुला ठुला घरहरु कहाँ थिएर उबेला! जस...