Posts

Showing posts from July, 2021

मुक्तक

 मेरै अगाडि गरेका थिए शोषण मेरी आमालाई सुत्केरी हुदानि दिएनन् खान पोषण मेरी आमालाई छोरा जन्मेको खुसिमा खसी ढालेका थे बाले यता पौष्टिक तत्वको कमीले भयो कुपोषण मेरी आमालाई त्यो तिम्रो प्रेम थियो कि छल यत्ती भनिदेउ के झुटा थिए बिताएका पल यत्ती भनिदेउ रुदारुदै हास्न सिकेको थिए तिम्रो साथमा आँखामा आँसु हुन कि गंगाजल यत्ती भनिदेउ !! थाहा छ तिमी टाढा म टाढा हुनुपर्छ  जहाँ जसरी रहे पनि प्रेम गाढा हुनुपर्छ  तिमी छुट्ने र टुट्ने कुरा लिएर बस्छौ किन सुन्दर फुल गुलाफमा पनि त काडा हुनुपर्छ !! झुपडि नै भए पनि रामाउथे तिमीसँग  ज्याला मज्दुरी गरेर नै कमाउथे तिमीसँग सुखदुख हासीखुसी खान पाए तिम्रै साथमा मेलापात कुटो कोदालो समाउथे तिमीसँग !!